खोराकोमुखमा वाम गठवन्धनको चुनावी सभा, काँग्रेस अस्थिरताको पर्याय : पृथ्वीसुव्वा गुरुङ

पोखरा । वाम गठवन्धनले कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेससभा सदस्य निर्वाचन क्षेत्र नं १को खोराकोमुखमा शुक्रवार वृहत चुनावीसभा गरेको छ ।  à¤®à¤¾à¤›à¤¾à¤ªà¥à¤šà¥à¤›Â«à¥‡ गाउँपालिकाका ल्वाङघलेल, रिभान, धिताल र धम्पुसवाट जनताहरु कार्यक्रममा सहभागि भएका थिए ।

 à¤šà¥à¤¨à¤¾à¤µà¥€à¤¸à¤­à¤¾à¤²à¤¾à¤ˆ सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुव्वा गुरुङले देशमा कहिल्यै पनि काँग्रेसवाट शान्ति, विकास र स्थिरता नभएकोले काँग्रेसवाट विकास असम्भव रहेको वताएका छन् । “जनताले लडेर ल्याएको प्रजातन्त्र काँग्रेसले जोगाउन सकेन । थुप्रै पटक वहुमतको सरकार चलाउने मौका पायो । अस्थिरता र अशान्तिको पर्याय काँग्रेस हो।”, गुरुङले भने “काँग्रेसलाई वहुमत दिएर शान्ति र विकास हुँदैन।”लोकतन्त्र वचाउन नसक्ने काँग्रेस कहिल्यै पनि लोकतान्त्रिक पार्टी हुन नसक्ने दावी गुरुङको छ ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता देव गुरुङले राजनीतिक परिर्वतनको लडाई सकिएकोले अवको देशको कार्यभार आर्थिक समृद्धिको भएकोले आर्थिक रुपमा परर्निभरताको मानसिकता वोकेको काँग्रेसवाट समृद्धिको कल्पना समेत गर्न नसकिने भनाई राखे ।

चुनावकै कारणले पार्टी एकता हुने ढिलाई भएपनि अव चुनाव लगत्तै एमाले र माओवादी केन्द्रविच पार्टी एकता घोषणा हुने समेत जानकारी गुरुङले दिए । प्रतिनिधिसभाका उम्मेदवार जगत विश्वकर्माले निर्वाचन क्षेत्र नं ३ मा रहेको खानेपानीको समस्या वामपन्थी सरकारको पहिलो वजेटवाट समाधान गरिने प्रतिवद्धता व्यक्त गरे ।

प्रदेशसभाका उम्मेदवार रामजी प्रसाद वरालले गाउँपालिकाले ल्याएका विकास निर्माण र जनताका सरोकारका विषयहरुलाई पुरा गर्न आफ्नो तर्फवाट पूर्ण सहयोग गर्ने वचनवद्धता व्यक्त गरे ।

समानुपातिक उम्मेदवार सीता गिरी ओलीले विगतका दुईवटा निर्वाचनमा कम्युनिष्ट उम्मेदवारहरुलाई विजयी गराएका जनताहरु मंसिर २१ गते पुन वाम गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आतुर रहेको भनाई राखिन् ।

अर्का समानुपातिक उम्मेदवार दुर्गाकुमारी विकले ल्वाङघलेल र रिभानमा परिर्वतनको लडाई लड्ने क्रममा जनयुद्धको क्रममा थुप्रैको वलिदान भएकोले यहाँका जनताले त्यो रगतलाई कहिल्यै पनि खेर जान नदिन आग्रह गरिन् । कार्यक्रममा निर्वाचन परिचालन कमिटिका संयोजक दीपक पौडेल तथा सहसंयोजक राजु तिमिल्सनाले पनि भनाई राखे ।
चुनावीसभाको क्रममा ५० भन्दा वढिले नेपाली काँग्रेस परित्याग गरि वाम गठवन्धनमा प्रवेश गरेका थिए ।


Like Us On Facebook
Follow Us On Twitter
भिडियो
सुझाव र प्रतिक्रिया

Please fill up the required field(*)

Join Our Newsletter

सुखी नेपाली, समृद्घ नेपाल स्वाभिमानी नेपाली, सार्वभौम नेपाल