आज माछापुच्छ्रेको धिताल र लाहाचोकमा कोण सभा सम्पन्न

पोखरा । बाम गठबन्धनको चुनावी अभियान कास्की क्षेत्र नं. ३ को माछापुच्छ्रे गाउँपालिकाको वाड नम्वर ७ सँगै आज लाहाचोकमा कोण सभाको आयोजना गरि प्रचार अभियानलाई तीव्र पारिएको छ ।

प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरु विहिवार पनि घरदैलोमा व्यस्त बने । सो क्षेत्र अन्र्तगत माछापुच्छ्रे गाउँपालिकाको पर्यटकीय गाउँ धितालका मतदातासँग पुगेर उम्मेदवारहरु जगत विश्वकर्माले मत मागे । कोणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं समानुपातिक उम्मेदवार सोमनाथ अधिकारी प्यासीले अहिले बाम गठबन्धनको लहर देखेर कांग्रेस अतालिएको र अधिनायक बादको आरोप लगाउँदै आफु लोकतान्त्रिक पार्टी हौ , भन्दै जनतालाई भ्रममा पारेको बताउँदै त्यो भ्रमलाई चिरेर बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउन अनुरोध गरे । उनले भने “देशलाई विकाशको गतिमा लम्काउनका लागि कम्यूनिष्टको बहुमत सहितको सरकार आवश्यक छ ।

विशेष अतिथी प्रतिनिधि सभाका साझा उम्मेदवार जगत वि.क.ले पर्यटकीय क्षेत्र धिताल र कृषिको उर्वर भुमि लाहाचोक को सम्पूण विकासको लागि आफुले ठुलो भुमिका निर्वाह गर्ने बताउँदै आवश्यक पूर्वाधार जस्तै बाटो, पानी बत्ती लगायत विकासका लागि बाम गठबन्धन सरकार आवश्यक रहेको भन्दै निश्चिन्त भएर बाम गठबन्धनको पक्षमा भोट हाल्न अपिल समेत गरे ।

अहिले अब देशका लागि समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि पनि बुहमत सहित सरकारको आवश्यक भएको बताए ।

त्यस्तै क्षेत्र नं ३ प्रदेशसभा तर्फका उम्मेदवार रामजी बरालले पनि जनताको आशा र भरोसा नै कम्यूनिष्टहरुको सरकार भएको बताउँदै लाहाचोकलाई कृषिको विकाश संगै स्वरोजगार गराउन पहल गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा लाहाचोक बासीमा स्थानीय निर्वाचनमा जसरी भारी मतका साथ बिजयी गराएका थिए, त्यसरी नैै यो बाम गठ बन्धनका उम्मेदवारलाई नि जिताउनका लागि अपिल गरे ।

समानुपातिक उम्मेदवारहरु सीता गिरी ओली, मित्रकुमारी गरुङ्ग “सुवेदी” पुष्पा के.शी. भण्डारी, बाम गठ बन्धन ३ क का प्रचार संयोजक दिपक पौेडेल, माछापुच्छे गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङ्ग उपाध्यक्ष कृष्णकुमारी दवाडी, वडा अध्यक्षहरु, माछापुच्छे« बाम गठबन्धन चुनाव परिचालन कमिटीका संयोजक जगन्नाथ बास्तोला लगाएतको उपस्थिती रहेको थियो । भोलिको प्रचार अभियान माछापुच्छे« गाउपालिकाका वडा न. ८ खोराको मुख र ९को घलेलमा हुने अनेरास्वबियू कास्कीका अध्यक्ष शेखर गौतमले जानकारी दिए ।

 


Like Us On Facebook
Follow Us On Twitter
भिडियो
सुझाव र प्रतिक्रिया

Please fill up the required field(*)

Join Our Newsletter

सुखी नेपाली, समृद्घ नेपाल स्वाभिमानी नेपाली, सार्वभौम नेपाल