क्होला सोंथरलाई गुरुङ जातिको अध्ययनकेन्द्र बनाइने : अधिकारी, बाम गठबन्धनको जीत घोषणा हुनमात्र बांकी : गुरुङ

पोखरा । बाम गठबन्धन कास्की क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य उमेदवार खगराज अधिकारीले कास्कीको उत्तरी भेगमा रहेको क्होला सोंथरालाई गुरुङ जातिको उत्पत्ति सम्वन्धी अध्ययन केन्द्र बनाइने वताएका छन । गुरुङ जातिहरुको उद्गम थलोको रुपमा विश्वसामु परिचित पर्यटकीय गाउ सिक्लेस संग जोडिएको क्होला सोंथरलाई गुरुङ जातिको अध्ययन केन्द्र बनाउने अधिकारीको भनाइ रहेको छ ।

बाम गठबन्धन चुनावी प्रचार प्रसार कार्यक्रम अन्तर्गत निर्वाचन परिचालन मुल कमिटी कास्की क्षेत्र नम्बर १ प्रदेश नम्बर ख को आयोजनामा पोखराको हस्पिटल चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले क्होला सोंथरलाई गुरुङ जातिहरुको उद्गम थलो रहेकाले गुरुङ जातिको अध्ययन केन्द्र निर्माणका लागी बाम गठबन्धनको सरकारले पहलकदमी थाल्ने वताएका हुन । अधिकारीले आफ्नो पालामा स्वास्थ्य बिमाको सुरुवात गरेको वताउदै बाम गठबन्धनको बिजय पश्चात निर्माण हुने सरकारले महिला, आदिवासी, दलित, भुमिहिनको पक्षमा नै काम गर्ने भएकाले बाम गठबन्धन नै अहिलेको मुख्य आवश्यक्ता ठानेर जनताहरु मंसिर २१ को मतदानको प्रतिक्षामा रहेको समेत वताए ।

त्यस्तै कास्की क्षेत्र नम्बर १ प्रदेश ख का उमेदवार मन बहादुर गुरुङले बाम गठबन्धनको जीत सुनिश्चित भइसकेको वताउदै अव मुलकमा बिकासको लहर छाउने वताए । बाम गठबन्धननै अहिलेको आवश्यक्ता रहेको आफु चुनावी घरदैलोको क्रममा जनतासंग छलफलको क्रममा महशुस भएको वताउदै जनता बाम गठबन्धनको बिजयी ¥यालीमा सहभागी हुन आत्तुर रहेको वताए । बाम गठबन्धननै बिकासको संवाहक भएकाले अव बाम गठबन्धनलाई एक हुनमा कोही कसैले रोक्न नसक्ने समेत वताए ।

कास्की क्षेत्र नम्बर १ निर्वाचन परिचालन मुल कमिटी प्रदेश ख का संयोजक बेद बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य मान बहादुर जिसी, नेकपा एमाले प्रदेश सदस्य तथा निर्वाचन परिचाल कास्की क्षेत्र नम्बर १ का संयोजक श्रीनाथ बराल, नेकपा एमाले कास्की जिल्ला सचिवालय सदस्य तथा कास्की क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटी सचिव शिव बहादुर बराल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मिन गुरुङ, लगायतले बाम गठबन्धनलाई जिताउनका लागी जनता आत्तुर रहेको वताएका थिए । उक्त कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन मुल कमिटी प्रदेश ख का सचिव पूर्ण लामाले गरेका थिए ।

यसैविच उक्त कोण सभामा मेजर बिर सिंह गुरुङका साइला भाइका माइला सुपुत्र े) संघीय समाजबादी फोरम नेपाल पोखरा १२ का इकाइ अध्यक्ष समेत रहेका रुद्र बहादुर गुरुङ( घोतान परित्याग गरी बाम गठबन्धनमा प्रदेश गरेका छन । बाम गठबन्धन प्रबेश गरेका गुरुङलाई प्रतिनिधी सभा सदस्य उमेदवार खगराज अधिकारीले फुल माला र अविर लगाइ पार्टी प्रवेश गराएका थिए ।

त्यस्तै कोण सभाकै बीचमा पोखरा लेखनाथ १० नागिन टोलमा रहेका बिजय लामाको नेतृत्वमा ५ दर्जन बढी युवाहरु बाम गठबन्धनमा प्रवेश गरेको निर्वाचन परिचालन मुल कमिटी पोखरा १० का सचिव राजु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार लामाको नेतृत्वमा नागिन टोलका सुजन गुरुङ, सुमन श्रेष्ठ, बिवेक कुमाल, सुदिप गुरुङ, सुरज दुरा, बिराज दुरा, मोहन गुरुङ, शंखर हमाल, उत्तम थापा मगर, कृष्ण गुरुङ, युवराज गुरुङ, हिरा तामाङ, कमल पुन, पूर्ण बहादुर गुरुङ, सूर्य बहादुर थापा, बिजय तामाङ, अनिल गुरुङ, सुनिल गुरुङ, कुशल गुरुङ, सन्दिप गुरुङ, अरुण तामाङ, राम तामाङ, लबु तामाङ, बिकास गुरुङ, शान्त गुरुङ, कुमार गुरुङ, कुमार गुरुङ, कुमार थापा मगर, राजु थापा मगर, चित्र बहादुर गुरुङ, प्रविण परियार, गोबिन्द परियार, लोक बहादुर सापकोटा, दिल बहादुर खत्री, बालकृष्ण गुरुङ, गोकुल गुरुङ, सोम गुरुङ, सविन पुन, मान बहादुर थापा लगायतले विभिन्न पार्टी परित्याग गरी बाम गठबन्धनमा प्रवेश गरेका हुन । बाम गठबन्धन प्रवेश गरेकाहरुलाई प्रतिनिधी सभा सदस्य उमेदवार खगराज अधिकारी लगायतले अबिर, माला खादा लगाएर स्वागत गरेका थिए ।

सोही समारोहमा अमरसिंह उच्च माविका संस्थापक परिवारका सदस्यहरु, पश्चिमाञ्चल क्षेत्रिय हस्पिटलका संस्थापक परिवार सदस्यहरु, सितलादेवी टोल बिकास संस्थाका पूर्व सचिव, याङजाकोट तमु समाज, लागुऔषध महाअभियान पोखरा १२ का संयोजक लगायतले बाम गठबन्धनलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

त्यसैगरी पोखरा १० नागनिटोलमा पनि कोण सभा सम्पन्न भएको छ । उक्त सभालाई सम्बोधन गर्दै बाम गठबन्धन कास्की क्षेत्र नम्बर १ का प्रतिनिध सभा सदस्य उमेदवार खगराज अधिकारीले अव भुमिहनहरुको समस्याको समाधान बाम गठबन्धनले गर्ने हुदा ढुक्क भएर बाम गठबन्धनलाई मत दिन आग्रह गरे । त्यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य मान बहादुर जिसीले बाम गठबन्धननै भुमिहिनको समस्या समाधान गर्ने हुनाले महानगरले नागिन टोलको भुमिहिन समस्या समाधानका लागी छिट्टै पहलकदमी थाल्ने वताए ।

सो अवसरमा नागिन टोलका युवा नेता बिजय लामाले अन्य पार्टीलाई पटक पटक भोट दिदा पनि आफुहरुको समस्याको बारेमा कोही कसैले पहलकदमी नथालेको वताउदै बाम गठबन्धन संग आफुहरु आशावादी रहेकाले यो पटक बाम गठबन्धनलाई मत दिन आफुहरु समाहित भएर लागेको वताए । नेकपा एमाले वडा कमिटी १० का सचिव खगेन्द्र क्षेत्रीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्ष समाजसेवी कृष्ण बहादुर कार्कीले गरेका थिए ।


Like Us On Facebook
Follow Us On Twitter
भिडियो
सुझाव र प्रतिक्रिया

Please fill up the required field(*)

Join Our Newsletter

सुखी नेपाली, समृद्घ नेपाल स्वाभिमानी नेपाली, सार्वभौम नेपाल