काङ्ग्रेस अब इतिहासमा मात्रै सिमित हुने गुरुङको दावी

आरके पोख्रेल/तनहुँ । एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले काङ्ग्रेस अब इतिहासमा मात्रै सिमित हुने दावी गरेका छन् । भिमाद नगरपालिकाको भिमादमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै गुरुङले काङ्ग्रेसले जनतालाई पटक पटक झुक्याउदै आएको बताउदै जनता अब काङ्ग्रेसको बनावटी कुरालाई विश्वास नगर्ने बताए ।

गुरुङले भने “काङ्ग्रेस अब इतिहासको पन्नामा मात्र सिमित रहने छ ।” गुरुङले काङ्ग्रेस जनताको पार्टी नभएकोले अब काङ्ग्रेसको आशा गर्नु नै बेकार रहेको बताए । तनहुँ निर्वाचन क्षेत्र २ प्रदेश सभा २ का उम्मेदवार समेत रहेका गुरुङले अब बामपन्थीको सरकार बन्ने निश्चित भएका दावी गरे ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष तथा निर्वाचन क्षेत्र २ का उम्मेदवार केदार सिग्देल, अनुशासन आयोगका केन्द्रिय सदस्य शान्ति खनाल, माओवादी केन्द्रका केन्द्रिय सदस्य मदन आले वाम गठबन्धनका साझा उम्मेदवारलाई जिताएर स्थायी सरकार निर्माणमा सहयोग गरिदिन सम्पूर्ण मतदाताहरुमा आग्रह गरे ।


Like Us On Facebook
Follow Us On Twitter
भिडियो
सुझाव र प्रतिक्रिया

Please fill up the required field(*)

Join Our Newsletter

सुखी नेपाली, समृद्घ नेपाल स्वाभिमानी नेपाली, सार्वभौम नेपाल