पोखरा १० का विभिन्न टोलबासीहरु बाम गठबन्धनलाई मत दिन आत्तुर

गिता राना मगर, पोखरा १६ मंसिर । बाम गठबन्धन पोखरा लेखनाथ १० को निर्वाचन प्रचार प्रसार कार्यक्रम अन्तर्गत वडाको विभिन्न समाजका मानिसहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार प्रचार प्रसार कार्यक्रम अन्तर्गत उपकार तमुसमाज, कुडहर चर्च कान्तिपुर पार्टी प्यालेसमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । उपकारमा तमु समाजमा सम्पन्न कार्यक्रममा लौसीबोट तमु समाज, लाङदी तमु समाज, दुर्लुङ तमु समाज, भुकदेउराली तमु समाज, ताङले तमु समाज र झिलीबराङ तमु समाजमा आवद्ध सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।
सो भेलालाई सम्बोधन गर्दै कास्की क्षेत्र नम्बर १ का बाम गठबनधनका उमेदवार खगराज अधिकारीले दलित, जनजाति, महिला, पिछडा वर्गको पक्षमा अहिलेसम्म बाम गठबन्धनलेनै आवाज उठाउदै आएको र अव पनि उनीहरुको अधिकार प्राप्तिका लागी बाम गठबन्धनलाईनै मत दिनुपर्नेमा जोड दिए । उनले पोखराको बिकासका लागी बाम गठबन्धन बाहेक अरु कसैको हिम्मत नरहेको वताउदै बाम गठबन्धनको सरकारले ५ वर्षभित्र पोखरा एयरपोर्ट निर्माण सम्पन्न गरी बृद्ध भत्तालाई ५ हजार पु¥याउने वताउदै आफुहरुलाई जिताएर पोखराको बिकास गर्न तर्फ अगाडी वढ्न सम्पूर्णलाई आग्रह गरे । त्यसैगरी कास्की क्षेत्र नम्बर १ प्रदेश ख का बामगठबन्धन तर्फका उमेदवार मन बहादुर गुरुङले लाहुरे संस्कृतिलाई त्यागेर आफ्नो मुलुकको बिकासका लागी राजनितीमा होमिएर युवाहरुले बाम गठबन्धनमा गोलबद्ध भइ मुलुकको बिकास तर्फ लाग्न आग्रह गरे । जनताको सुख र दुखमा साथ दिने बाम गठबन्धनमात्र भएकाले अबको निर्वाचनमा पनि जनताको सुख र दुखमा साथ दिने पार्टीलाईनै भोट दिन आग्रह समेत गरे ।
उपकार तमु समाजका अध्यक्ष गंगा बहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लौसीबोट तमु समाजका अध्यक्ष क्याप्टेन लोक बहादुर थापा, उपकार तमु समाजका सल्लाहकार क्याप्टेन प्रेम बहादुर गुरुङ, दुर्लुङ तमु समाजका अध्यक्ष दान बहादुर गुरुङ लगायतले बाम गठबन्धनलाईनै आफुहरुले मत दिनेमा ढुक्क हन आग्रह गरेका थिए । कास्की क्षेत्र नम्बर १ का प्रचार प्रसार मुल कमिटीका संयोजक, नेकपा एमाले प्रदेश कमिटीका सदस्य तथा जिल्ला बिकास समिती कास्कीका पूर्व उपसभापति श्रीनाथ बराल, समानुपातिक उमेदवार गज कुमारी गुरुङ, गायत्री दुरा गुरुङ (कुसुम) लगायतले मन्तब्य राखेका थिए । उपकार तमु समाजका संस्थापक अध्यक्ष महेन्द्र कुमार गुरुङले स्वागत मन्तब्य राखेको कार्यक्रममा उपकार तमु समाजका सह सचिव आशा गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
त्यसैगरी कान्तिपुर पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा गौरीमार्ग टोल बिकास सस्था, बुद्ध चोक महिला समुह, बुद्धचोक युवा क्लव, गौतम बुद्ध मार्ग टोल बिकास संस्था, गौतम बुद्ध मार्ग आमा समुह, इन्द्रमार्ग टोल बिकास संस्थामा आवद्ध सदस्यहरुको सहभागीता रहेको चुनाव प्रचार प्रसार वडा नम्बर १० का चुनाव प्रचार प्रसार उपसमितीका सह संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । उक्त कार्यक्रममा कास्की क्षेत्र नम्बर १ का बाम गठबन्धन तर्फका प्रतिनिधी सभा उमेदवार खगराज अधिकारी, समानुपातिक उमेदवार गजकुमारी गुरुङ, पत्रकार शुष्मा पौडेल, गौतम बुद्धमार्ग आमा समुहका अध्यक्ष सम्झना अधिकारी, दुचीमार्ग टोल बिकास संस्थाका अध्यक्ष किरण भट्टचन लगायतले आफ्नो मन्तब्य राख्दै सवैले बाम गठबन्धनलाईनै मत दिनेमा ढुक्क हुन आग्रह गरेका थिए । गौरीमार्ग टोल बिकास संस्थाका अध्यक्ष सूर्य बहादुर बानियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन टोल बिकास संस्थाका सचिव राम बहादुर केसीले सञ्चालन गरेका थिए ।
त्यसैगरी कुडहर चर्चमा सम्पन्न कार्यक्रममा बाम गठबन्धनका उमेदवारहरु संग चर्चका पास्टर बिमल कठायतले आफुहरुको चर्च वरिपरि बाटो, खानेपानी संगै सडक र सडकको पानी निकास संगै सोलार बत्ती जडान गर्न माग गरेका थिए । चर्चमा उपस्थितलाई सम्बोधन गर्दै बाम गठबन्धन कास्की क्षेत्र नम्बर १ प्रदेश ख का उमेदवार मनबहादुर गुरुङ र समानुपातिक उमेदवार गजकुमारी गुरुङले चर्चका पदाधिकारीले राखेको माग जायज भएको भन्दै चर्चको माग लाई सम्बोधन गरी यस पटकको निर्वाचनमा बाम गठबन्धनलाई मत दिएर मुलुकको बिकासमा सहभागी हुन आग्रह गरेका थिए ।

 

 


Like Us On Facebook
Follow Us On Twitter
भिडियो
सुझाव र प्रतिक्रिया

Please fill up the required field(*)

Join Our Newsletter

सुखी नेपाली, समृद्घ नेपाल स्वाभिमानी नेपाली, सार्वभौम नेपाल