|| Communist Party of Nepal (Unified Marxist Leninist) || Pradesh 4 Official Website

प्रदेश संयोजकको सन्देश

Kiran Gurung

हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले)को प्रदेश नं. ४ संगठन कमिटी को तर्फबाट सबैमा हार्दिक न्यानो अभिवादन ।

हाम्रो पार्टीको नेतृत्वमा निर्माण भएको नेपालको संविधान (२०७२) बमोजिम बनेका ७ प्रदेश मध्ये यस ४ नम्वर प्रदेशमा पार्टीको फैसला अनुसार मेरो नेतृत्वमा यो संगठन कमिटी निर्माण भएको छ । नवलपुर संगठन कमिटीमा साविक गण्डकी अञ्चलका ६ जिल्ला र धौलागिरी अञ्चलका ४ जिल्ला र लुम्विनि अञ्चलको नवलपरासी जिल्लाको जसलाई हाम्रो पार्टीले जिल्लाको मान्यता प्रदान गरेको नवलपुर क्षेत्र यस प्रदेशमा रहेका छन् । यसरी ११ वटा जिल्ला कमिटीहरू यस प्रदेशको मातहतमा रहेका छन् ।

प्रदेशको कामको थालनी गर्ने शिलशिलामा देशभर नै सवैभन्दा पहिला हाम्रो यो प्रदेशको बैठक आयोजना गरि पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी ओलीले भव्य समारोहका वीच बैठकको उद्घाटन भएको थियो । सोहि बैठकबाट सर्व सम्मतिले कार्यविभाजन गरि हाम्रो यात्रा उत्साहप्रद हिसाबले अगाडी बढेको छ ।

वामपन्थीहरूको उर्वर भूमिको रूपमा परिचित यस गण्डकी–धौलागिरी अर्थात सप्तगण्डी प्रस्रवण क्षेत्रलाई अब प्रदेश कमिटीको अगुवाईमा नेकपा (एमाले)को अभेद्य किल्लाको रूपमा स्थापित गर्ने युगीन दायित्व समयले हाम्रो काँधमा सुम्पिएकोछ । यो गुरोत्तर जिम्वेवारी पुरा गर्न हाम्रा पाइलाहरू अगाडी बढिरहेकाछन् ।

नेपालको वाम लोकतान्त्रीक आन्दोलनमा नेकपा (एमाले) सदैव अग्रणी स्थानमा रहदै आएको सर्व विदितै छ । २०४७ को संविधानमा हाम्रो पार्टीले राखेका असहमतिका २७ बुँदाहरू २०६२/०६३ को जनआन्दोलनले अनुमोदन गरेको संघिय लोकतान्त्रिक गणतन्त्र, जननेता कमरेड मदन भण्डारीको अगुवाइमा हामीले अङ्गीकार गरेको जनताको बहुदलीय जनवादको मार्गदर्शनमा शान्तिपूर्ण जनक्रान्तिको नेतृत्व गरेको, नेपालको संविधानले नेपाली समाज अब समाजवाद उन्मुख हुनेछ भनि किटानि गरेको र युगौदेखि जारी राष्ट्रियताको संघर्ष उत्कर्षमा रहेको तथा त्यसको अगुवाई नेकपा (एमाले)ले नै गरिरहेको तथ्य सबैका सामु छर्लङ्ग छ ।

छ दशकदेखि आफ्नो संविधान आफै निर्माण गर्ने नेपाली जनताको सपनालाई साकार पार्दै बनेको नेपालको संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गराउने जिम्मेवारी हाम्रै काँधमा छ । यस संविधानले परिकल्पना गरेका संघियतामा आधारित स्थानीय तहहरूलाई अधिकार सम्पन्न बनाउन संविधानले निर्धारण गरेको समय सीमा भित्र तीन तहको निर्वाचन गराउने लक्ष्य नै अहिलेको हाम्रो मूल कार्यभार हो ।

आफ्नो गाउँ आफै बनाऔं, बृद्ध भत्ता, नौस जस्ता लोकप्रिय कार्यक्रम मार्फत् हामीले प्रारम्भ गरेको समृद्धीको यात्रा अब हामीले नै स्पष्ट रोडम्याप सहित देशको मुहार फेर्ने गरि अगाडी बढाउनु पर्नेछ । परिवर्तन संभव छ, हाम्रै जीवनमा र सुखी नेपाली, समृद्ध नेपालको मिठो कल्पनालाई यथार्थतामा बदल्ने हाम्रो दृढ अठोटमा सबैको साथ रहेन कुरामा हामी पूर्ण आशावादी छौं ।

यसर्थ पार्टीका विचारहरूलाई छिटो छरितो र प्रभावकारी तवरले आम जनसमुदायमा सम्प्रेषण गर्न सूचना प्रविधिका बहु क्षेत्रहरूमा पार्टी योजनाबद्ध तवरले अगाडी बढ्ने पार्टी नीतिलाई आत्मसाथ गर्दै प्रदेश कमिटीको आफ्नो छुट्टै वेभसाइट अत्यन्त जरुरी ठानी यसको निर्माण गरेका छौं ।

प्रारम्भिक चरणमा रहेको र सूचना तथा सामग्रीहरू पर्याप्त संकलन हुन बाँकी रहेको हुनाले समयक्रम संगै यसलाई थप परिष्कृत बनाउदै लैजाने प्रतिवद्धता व्यक्त गर्दै सबैबाट रचनात्मक सूझावहरुको अपेक्षा गर्दछु ।

हार्दिक अभिभादन सहित ।



किरण गुरुङ स्थायी कमिटी सदस्य
तथा संयोजक, प्रदेश नं.४, संगठन कमिटी
Like Us On Facebook
Follow Us On Twitter
भिडियो
सुझाव र प्रतिक्रिया

Please fill up the required field(*)

Join Our Newsletter

सुखी नेपाली, समृद्ध नेपाल, स्वाभिमानी नेपाली, सार्वभौम नेपाल