काङ्ग्रेसको अस्तित्व मंसिर २१ पछि समाप्त:किरण गुरुङ

आरके पोख्रेल/तनहुँ । एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले मंसिर २१ गते पछाडि काङ्ग्रेसको अस्तित्व समाप्त हुने दावी गरेका छन् । तनहुँ निर्वाचन क्षेत्र २ प्रदेश सभा २ का उम्मेदवार गुरुङले जनताको रगत र पसिना खाने काङ्ग्रेस अब विधिवत रुपमा समाप्त हुने उद्घोष गरे ।

काङ्ग्रेसको दिमाग भित्र विकासको सोच समेत नभएको बताउँदै गुरुङले देशको विकास गर्न काङ्ग्रेसले कहिल्यै नखोजेको बताए । जनताले काङ्ग्रेसलाई भोट हाल्नु विकास नगर्नु रहेको उनको दावी छ ।

घिरिङ गाउँपालिकाको पुटारमा आयोजित विशाल जनसभामा समानुपातिक उम्मेदवार होम थापा, माओवादी केन्द्रिय सदस्य मदन आले, एमाले जिल्ला उपसचिव विष्णुभक्त सिग्देल, वाइसिएल अध्यक्ष इश्वर बस्याल, युवा संघ अध्यक्ष कमल गैर, लगायतल बोलेका थिए ।

नेपाली काङ्ग्रेसले जनता र देशको लागि कहिल्यै काम नगरेको भन्दै नेपाली काङ्ग्रेस परित्याग गरि २ दर्जन भन्दा बढी काङ्ग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा विष्णुबहादुर कुमाल, तेज कुमाल, देवि कुमाल, जमुना कुमाल, भविसरा कुमाल, दिलबहादुर कुमाल, टुकराज कुमाल, राजेश कुमाल, ओम कुमाल लगायत रहेका छन्।

कार्यक्रममा गत मंसिर ९ गते घिरिङ गाउँपालिकाको अत्रौलिमा काङ्ग्रेसले घरमा सुतिरहेको अवस्थामा एमाले कार्यकर्तालाई गरेको आक्रमणको युवा संघ र बाइसिएलले विरोध गरेका थिए । बामपन्थी युवाहरुको रगत लिनेलाई आफुहरुले नछाड्ने दावी समेत गरेका छन् । उक्त कार्यक्रममा घटनाबाट घाइते विदुर कुमार सिग्देलले काङ्ग्रेसको लोकतन्त्रको नमुनाको आफू सिकार भएको बताए ।


Like Us On Facebook
Follow Us On Twitter
भिडियो
सुझाव र प्रतिक्रिया

Please fill up the required field(*)

Join Our Newsletter

सुखी नेपाली, समृद्घ नेपाल स्वाभिमानी नेपाली, सार्वभौम नेपाल