भलाम पुगेर रविन्द्रले भने-“फटाफट हिड्ने सरकार बनाउछौ”

पोखरा । बाम गठबन्धन कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा एमालेका युबा नेता एवं सो पार्टीका केन्द्रीय सदस्य रविन्द्र अधिकारीे अब बाम गठबन्धनले कछुवा गतिमा नभई फटाफट हिड्ने सरकार बनाउने दावी गरेका छन् ।

शनिबार पोखरा लेखनाथ महानगरपालिका अन्तर्गत वडा नं. २० भलाममा जनतासंग भेटघाट गर्ने क्रममा आयोजित कोण सभामा सम्बोधन अधिकारीले सो कुरा बताएका हुन् । जहिले पनि अस्थिरता हुदा देशमा बिकाशले गति लिन नसकेको भन्दै उनले कम्तिमा पाच वर्ष एउटा सरकारले काम गर्न पायो भने समृद्धीतर्फ देश अघि बढ्ने भन्दै नेपालमा स्थायित्व नचाहने तत्वहरु अत्तालिएर बाम गठबन्धनका विरुद्ध अनेकन झुट्टा प्रचार बाजीमा उत्रेको बताए । भब्य समारोहमा स्थानीय आमा समूह ,युबा क्लब ,सरोकारवाला अन्य संघ संस्थाहरुले सो क्षेत्रका विविध समस्याको बारेमा जानकारी गराएका थिए ।

यसै बीच उक्त कार्यक्रममा दर्जनौ नेता कार्यकर्ता नेपाली कांग्रेस र राप्रपा परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरुमा राप्रपाका पोखरा लेखनाथ महानगर अध्यक्ष रमेश बहादुर खत्री, सोहि पार्टी महानगर कमिटि सचिव अनिल के सी, नेपाली कांग्रेसका बाबुराम पौडेल, उमानाथ भण्डारी लगायत विभिन्न पार्टीमा आबद्ध दर्जनौ नेता कार्यकर्ता रहेका छन् ।

उनीहरुलाई उम्मेदवारहरु रबिन्द्र अधिकारी र बाम गठबन्धन कास्की क्षेत्र न २ (२ ) प्रदेश सभा उम्मेदबार राजकाजी गुरुङ लगायतलाई नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

सो अबसरमा उम्मेदबार अधिकारीले ग्रामिण कृषि ,खानेपानी ,पर्यटन , र युबा रोजगारीलाई प्रमुख मुद्धा बनाएर अघि बढ्ने भन्दै कुनै पनि समस्यासंग काँधमा काँध मिलाएर अघि बढ्ने दृढता ब्यक्त गरे ।

यसै बीच अधिकारीले सनिबारनै पोखरा लेखनाथ महानगर वडा न ११,९ का ,वडा न ८ का बिभिन्न टोल मा सम्पन्न कोण सभा र र जनाशात्कारमा सहभागीता जनाएका छन् ।


Like Us On Facebook
Follow Us On Twitter
भिडियो
सुझाव र प्रतिक्रिया

Please fill up the required field(*)

Join Our Newsletter

सुखी नेपाली, समृद्घ नेपाल स्वाभिमानी नेपाली, सार्वभौम नेपाल