दलितको मत दीपकलाई

पोखरा ।
पोखरा लेखनाथ वडा नम्बर ३२ का दलित मतदाताले आफ्नो मत वाम गठबन्धनलाई जाने बताएका छन् । बिहीबार वडाको कालिकानगर विश्वकर्मा टोलमा आयोजित सभाका सहभागीले वाम उम्मेदवारलाई जिताउने बताए ।
प्रदेशसभा १(क) का युवा उम्मेदवार दीपक कोइराला उपस्थित सभामा मतदाताले एकजुट भएर वाम गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाए । सभामा सहभागी रुपेश परियारले मुलुकको भविष्य वाम गठबन्धन नै भएकोले यसमै समाहित हुने उल्लेख गरे । ‘अब देश बनाउने नै वाम गठबन्धनले हो,’ उनले भने, ‘त्यसैले हामी एकजुट भएर जिताउछौं ।’ उनले दीपक कोइरालाका प्रतिद्वन्द्वी कांग्रेसका जीवन परियार यसअघि नै सांसद भइसकेपनि कहिल्यै मुख देख्न नपाएको उल्लेख गरे । ‘सांसद हुँदा त कहिल्यै अनुहार देख्न पाइएन,’ सभामा उनले भने, ‘अहिले दलितको लागि यो गर्छु, उ गर्छु भनेर भोट माग्दा कसरी पत्याउने ?’ अर्का मतदाता जगत परियारले दलित मुक्तिको लागि जनयुद्ध गरेको पार्टीकै उम्मेदवारलाई भोट हाल्ने बताए । ‘आफ्नो समुदायको मात्रै भनेर हुँदैन । समुदायको लागि के के ग¥यो भनेर पनि हेर्नुपर्छ,’ उनले भने, ‘जातीय विभेद हटाउन, दलितको समानुपातिक सहभागिता सुनिश्चित गर्न माओवादी केन्द्रले जत्तिको अरुले लडेका छैनन् ।’
सभामा उम्मेदवार दीपक कोइरालाले माओवादी जनयुद्ध र कम्युनिस्ट सोचले नै मुलुक छुवाछूतमुक्त राष्ट्र भएको बताए । उनले माओवादी आन्दोलनकै कारण कांग्रेसका कतिपय दलितले संसदमा सहभागिता जनाउन पाएको उल्लेख गरे । ‘दलित, उत्पीडित, शोषित वर्गको पक्षमा लड्दालड्दै हामीले गोली खाएका छौं, कति साथीहरु सहिद हुनुभयो,’ उनले भने, ‘हामीले लडेर ल्याएको परिवर्तनको नेतृत्व हामीले गर्न पाउनुपर्छ ।’ समानुपातिक उम्मेदवार झलकपाणि तिवारीले ५ वर्ष स्थायी सरकार बनाएर समृद्धिलाई संस्थागत गर्न वाम गठबन्धनलाई जिताउन आग्रह गरे ।
वाम गठबन्धनमा सक्रिय पाइलट मदन केसीले पनि परिवर्तन, विकास र समृद्धिको चाहना राख्ने सबै वाम गठबन्धनमा समाहित हुनुपर्ने धारणा राखे । ‘यही गठबन्धनले विकास गर्छ, तपाई हाम्रो जीवनस्तरमा सुधार हुन्छ भनेर म पनि यसैमा आएको छु,’ उनले भने, ‘अब सबैजना गोलबद्ध हुनुको विकल्प छैन ।



Like Us On Facebook
Follow Us On Twitter
भिडियो
सुझाव र प्रतिक्रिया

Please fill up the required field(*)

Join Our Newsletter

सुखी नेपाली, समृद्घ नेपाल स्वाभिमानी नेपाली, सार्वभौम नेपाल