कांग्रेसले पैसा बाँड्न सक्ने सम्भावित क्षेत्रमा युवा संघ र वाईसिएलको संयुक्त कमिटी परिचालन

तनहुँ । तनहुँको ऋसिङ गाउँपालिकाका विभिन्न क्षेत्रमा कांग्रेसले पैसा बाड्न सक्ने सम्भावित क्षेत्रमा युवा संघ र वाईसिएलको तनहुँ जिल्ला कमिटीले संयुक्त युवा परिचालन कमिटी बनाएको छ ।

तनहुँको क्षेत्र नम्वर २ प्रदेश सभा २ अन्तर्गत पर्ने उक्त स्थानहरुमा वाम गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको ठानी मत आफ्नो पक्षमा पार्न कांग्रेसले पैसा बाड्न सक्ने भन्दै उनीहरुले परिचालन कमिटी गठन गरेका हुन् ।

कमिटीको नेतृत्व युवा संघ तनहुँका अध्यक्ष कमल गैह्रे र वाईसिएल जिल्ला अध्यक्ष ईश्वर बस्यालले गरेका छन् । उनीहरुले कुनै पनि हालतमा मतदातासँग भोट किन्ने कांग्रेसको सपना पूरा हुन नदिने बताएका छन् । जसको निगरानीका लागि आफूहरुले कमिटी बनाएको उनको भनाई छ ।


Like Us On Facebook
Follow Us On Twitter
भिडियो
सुझाव र प्रतिक्रिया

Please fill up the required field(*)

Join Our Newsletter

सुखी नेपाली, समृद्घ नेपाल स्वाभिमानी नेपाली, सार्वभौम नेपाल