कांग्रेसको पालो सकियो : किरण

नेकपा एमालेका प्रभावशाली नेता किरण गुरुङले पटक पटक वहुमतको सरकारको नेतृत्व गर्ने अवसरलाई देश र जनताको हितमा लागू गर्न नसक्ने काँग्रेसलाई अब पनि जनताले भोट हाल्नु कुनै अर्थ नभएको बताएका छन् ।

‘प्रजातन्त्र स्थापना र वहुदलीय व्यवस्थापछि पनि कांग्रेसले पटक पटक बहुमतको सरकार बनाउने अवसर पायो । तर जनताले अनुभव गर्ने कुनै काम गरेन,’ गुरुङले भने, ‘पाएको अवसरलाई सदुपयोग नगर्ने कांग्रेसको अब पालो सकियो । संघ, प्रदेश र केन्द्र तीनै तहमा वामपन्थीको सरकार बन्छ।’

संयुक्त निर्वाचन परिचालन कमिटी माछापुच्छ«े वडा नं १ र ३ को संयुक्त चुनावीसभामा पूर्व मन्त्री समेत रहेका नेता गुरुङले कांग्रेसले जित्न सक्ने अवस्था नै नरहेको हुँदा काम गर्ने कुनै अवसर पनि नपाउने बताए । उनले आफ्नो मत खेर नफाल्न समेत स्थानीयलाई आग्रह गरे । अब देशको समृद्धि कम्युनिस्टले मात्र गर्न सम्भव रहेको उनले जिकिर गरे ।

कास्की ३ का उम्मेदवार जगत विश्वकर्माले देशको समृद्धि, विकास र जनतालाई सुखी र खुसी बनाउनु नै आफ्नो एकमात्र उदेश्य रहेको बताए । प्रदेशसभाका उम्मेदवार रामजीप्रसाद बरालले घाचोक र माछापुच्छ«ेका धेरै टोलमा कच्ची बाटो पुगे पनि त्यसलाई कालोपत्रे गर्ने र वडाहरुले ल्याएका योजनालाई कार्यान्वन गर्न आफू प्रतिवद्ध रहेको भनाइ राखे । समानुपातिक उम्मेदवार तथा कास्की ३ का निर्वतमान सांसद सीता गिरी ओलीले विगतमा कम्युनिस्टले जित्दा मात्र विकासका काम द्रुत गतिमा हुने दावी गरिन् ।

एमाले कास्कीका कार्यवाहक अध्यक्ष दामोदर वैरागीले कास्कीका ९ वटै सिटमा वाम गठवन्धनका उम्मेदवार भारी मतले विजयी हुने दावी गरे । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले गाउँपालिकाका सवै वडाको समानुपातिक विकास र पालिकालाई नमुना गाउँपालिका बनाउने गरी योजना अघि बढेकाले ती योजना कार्यान्वयन गर्न पनि प्रदेश र संघमा वामपन्थीको सरकार चाहिने बताए ।

युवा संघका केन्द्रीय सदस्य माधव बास्तोलाले युवालाई भड्काउने र प्रलोभनमा पारेर निर्वाचन जित्ने सपना नदेख्न नेपाली कांग्रेसलाई चेतावनी दिए । निर्वाचन परिचालन कमिटी संयोजक दीपक पौडेलले कांग्रेसका चिप्ला र झूठा आश्वासनले अब जनता नफक्किने बताए । वामपन्थीको नेतृत्वमा देशको काँचुली फेरिने धारणा उनले राखे ।

निर्वाचन परिचालन कमिटी १ का संयोजक आसकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निर्वाचन परिचालन कमिटी क्षेत्र नं ३ का सहसंयोजक विष्णुवहादुर केसी तथा सञ्चालन निर्वाचन परिचालन वडा नं ३ का संयोजक कमल भुजेलले गरेका थिए । चुनावीसभाको अवसरमा नेपाली काँग्रेसका टेकबहादुर नेपाली, राजेन्द्र श्रेष्ठ, अखण्डका नरबहादुर कार्की, टेकबहादुर रानामगर, गंगा जिसी नयाँ शक्ति पार्टीका मनवहादुर विक, नन्दलाल लम्साल लगायत दर्जनौँ वाम गठवन्धनमा प्रवेश गरे । नवप्रवेशीलाई नेता किरण गुरुङले टीका तथा माला लगाएर स्वागत गरे ।


Like Us On Facebook
Follow Us On Twitter
भिडियो
सुझाव र प्रतिक्रिया

Please fill up the required field(*)

Join Our Newsletter

सुखी नेपाली, समृद्घ नेपाल स्वाभिमानी नेपाली, सार्वभौम नेपाल