|| Communist Party of Nepal (Unified Marxist Leninist) || Pradesh 4 Official Website

प्रदेश परिचय

देशको मध्य भागमा अवस्थित यस प्रदेश ८२ डिग्री २५ मिनेट ५० सेकेण्ड देशान्तर देखि ८५ डिग्री ११ मिनेट ५५ सेकेण्ड देशान्तर सम्म र २७ डिग्री २० मिनेट ५० सेकेण्ड अक्षांशदेखि २९ डिग्री १९ मिनेट ५० सेकेण्ड अक्षांशको वीचमा अवस्थित छ । पूर्वमा वुढी गण्डकी, पश्चिममा काली गण्डकी, उत्तरमा चिन र दक्षिणमा भारतको विचमा हिमाल, पहाड र समथर फाँटसम्म यस प्रदेश फैलिएको छ ।

यस प्रदेशको कुल क्षेत्रफल २१५०४ बर्ग किलोमिटर छ भने जनसङ्ख्या २४१३९०७ रहेको छ । यस प्रदेशमा मुख्यतः गुरुङ, मगर, बाहम्ण, क्षेत्री, तामाङ, उत्पीडित तथा अन्य समुदायको पनि बस्ति रहेको छ भने सीमान्तकृत दुरा जाति र मुस्लिम समुदायको पनि बसोवास रहेको छ । यहाँका बासिन्दाहरुले मान्ने धर्ममा हिन्दु, बौद्ध, मुस्लीम, क्रिश्चियन र अन्य धर्म पर्दछन् ।

मादी, दरौदी, मस्र्याङ्गदी, बुढी गण्डकी, सेती गण्डकी, कालि गण्डकी र त्रिशुली नदी समाविष्ट सप्त गण्डकीको मूल प्रस्रवण क्षेत्र नै यस प्रदेश निर्माणको मूल आधार हो । विश्वकै सुन्दर हिमाल माछापुच्छ्रे, संसारका १० अग्ला हिमालहरु मध्येका अन्नपूर्ण, धौलागिरी र मनास्लु, विश्वको सबैभन्दा गहिरो अन्ध गल्छी, नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष, विश्वका दश ठूला फुट ट्रेल भित्र पर्ने अन्नपूर्ण फुट ट्रेल, विश्वको सबैभन्दा बढी उचाइमा रहेको तिलिचो ताल र विश्वमै अत्यन्तै दुर्लभ एक सिङ्गे गैडा समेत यसै प्रदेशमा रहनुले प्रदेशको महत्वलाई अझ उचाइमा पुरयाएको छ ।

अन्तराष्ट्रिय रुपमा प्रख्यात लमजुङको घले गाँउ, पूरानो होमस्टे स्याङजाको दरौसिरुबारी, नवलपुरको होमस्टे, वन्दीपुर लगायत पर्यटकीय स्थलहरु यही पर्दछन् । फेवा र वेगनासताल जस्ता असाध्यै रमणिय स्थलहरु र मुक्तिनाथ, मनकामना, विन्दुवासिनि लगायतका प्रसिद्ध धार्मिक स्थलहरु यस प्रदेशका अनुपम पहिचान हुन् । त्यसै गरि तालवाराही, छाब्दीबाराही, ढोरबाराही, आलमदेवि, बाग्लुङ कालिका, मौला कालिका, गलेश्वर मन्दिर, शान्ति स्तुप, देवघाट सहितका दर्जनौ धार्मिक स्थलहरु र रुपाताल, दिपाङ्ग ताल, दुध पोखरी, दामोदर कुण्डले यस प्रदेशको महत्वलाई थप उजागर गरेका छन् ।

पोखराको महेन्द्रगुफा, गुप्तेश्वर गुफा, चमेरे गुफा तथा पर्वतको गुप्तेश्वर गुफा, सितल गुफा लगायत स–साना अन्य रहस्यमय गुफाहरुको अद्भुत संरचना यसै प्रदेशमा छ । त्यसैगरि व्यास, परासर, कश्यप, चेवन जस्ता अनेकौ ऋषिहरुले यसै क्षेत्रलाई तपोवन बनाई तपस्या गरेका थिए ।

राष्ट्रिय विभूतिहरु भक्ति थापा, अमरसिंह थापा, राम शाह, नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाह, उनका सहयोगी कालु पाण्डे, पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर राणा, नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापा, आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौडेल, जनकवि केशरी धर्मराज थापा, कवि भूपिशेरचन र नेपालको पहिलो शहिद लखन थापाको जन्मथलोको रुपमा यस प्रदेश परिचित छ ।

साविकको संरचना अनुसार गण्डकी, धौलागिरी र नबलपुरलाई समाबेश गरेर यस प्रदेशको निर्माण भएको छ । जस भित्र धौलागिरीका मुस्ताङ, म्याग्दी, बाग्लुङ र पर्वत गरी चार जिल्ला, गण्डकीका कास्की, स्याङजा, तनहुँ, लमजुङ, मनाङ र गोरखा गरी छ जिल्ला र लुम्बिनीको नबलपुर गरि ११ बटा जिल्ला पर्दछन् ।

कालिगण्डकी, मध्यमस्र्याङदी, मस्र्याङदी जस्ता सम्पन्न भइसकेका ठूला विद्युत परियोजनाहरु यसै प्रदेशमा अवस्थित छन् भने निर्माण हुने क्रममा रहेको बुढी गण्डकी परियोजना पनि यही रहेको छ । पोखराको निर्माणाधिन अन्तराष्र्टि«य विमानस्थल र पृथ्वी, सिद्धार्थ र भूपि शेरचन लोकमार्गहरु यसप्रदेशलाई बाह्य सञ्जाल सँग जोड्ने मुल मेरुदण्डको रुपमा रहेका छन् । उत्तर तिरको छिमेकी चिन सँगको सम्बन्ध जोड्ने कोराला नाका र दक्षिणी छिमेकी भारतलाई जोड्ने त्रिवेणी नाका यस प्रदेश अन्र्तगत पर्ने मुख्य नाकाहरु हुन् ।

नेपालको सबै भन्दा ठूलो फलाम खानी नवलपुरको देवचुलीमा छ । अन्यत्र कही नपाइने कालिगण्डकीको शालिग्राम यही पाइन्छ । नेपालको कुल मागमध्ये करिब ३० प्रतिशत आपूर्ति पूरा गर्ने गरी सिमेन्ट कारखाना सञ्चालनको प्रक्रियामा छ । पर्यटन, जलस्रोत, खनिज र जडिवुटीको उपलब्धता अत्यिधिक हुनु नै यस प्रदेशको मूल सम्भावनाका क्षेत्रहरु हुन् ।

नेपालकै सब भन्दा धेरै विद्यार्थी अध्ययन गर्ने पृथ्वी नारायण क्याम्पस पोखरा, पोखरा विश्वविद्यालय, मणिपाल र गण्डकी शिक्षण अस्पताल, वनविज्ञान अध्ययन संस्थान केन्द्रीय क्याम्पस यसै प्रदेश भित्रका प्राज्ञिक नेतृत्वदायी संरचनाहरु हुन् ।

नयाँ संरचना अनुसार यस प्रदेश भित्र पोखरा लेखनाथ महानगरपालिका, २६ वटा नगर पालिका र ५८ वटा गाउँपालिकाहरु रहेका छन् ।

Like Us On Facebook
Follow Us On Twitter
भिडियो
सुझाव र प्रतिक्रिया

Please fill up the required field(*)

Join Our Newsletter

सुखी नेपाली, समृद्ध नेपाल, स्वाभिमानी नेपाली, सार्वभौम नेपाल