मुख्यमन्त्रीका प्रस्तावित उम्मेदवार गुरुङ भन्छन्–”विकासको विराधी काँग्रेस नै हो”

आरके पोख्रल/तनहुँ । प्रदेश ४ का मुख्यमन्त्रीका प्रस्तावित उम्मेदवार किरण गुरुङले विकासको विरोधी काँग्रेस रहेको ठोकुवा गरेका छन् । ऋषिङ गाउँपालिकाको वडा नम्बर ५ पिपलटारमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै पुर्वमन्त्री गुरुङले सत्ताका निमित्त देशलाई पटक पटक बन्धकी राखेको काँग्रेस कहिल्यै जनताको पक्षमा नरहेको दावी गरे । उनले भने-“विकासको विरोधी काँग्रेस नै हुन्, यस क्षेत्रबाट काँग्रेसले सधैं जितेपनि विकासमा सिन्को भाँचेको छैन् ।”

निर्वाचन क्षेत्र २ प्रदेश सभा २ का उम्मेदवार तथा एमाले स्थायी कमिटी सदस्य समेत रहेका गुरुङले काँग्रेस विदेशीको दलाल भएको बताउँदै सत्ता भन्दा कांग्रेसले केही नदेखेको बताए । एमालेले वृद्धभत्ता दिदा कनिका छरेको भन्ने काँग्रेसलाई विकास भन्ने कुरा थाहा नभएको उनको भनाई छ । उनले विकास के हो भन्ने कुरा अब एमालेबाट सिक्नको लागि कांग्रेसलाई आग्रह गरे ।

कार्यक्रममा समानुपातिक उम्मेदवार होम थापा एमाले जिल्ला उपसचिव विष्णभक्त सिग्देल, कार्यालय सचीव राजेस्वर ढकाल, माओवादी केन्द्रका जिल्ला सदस्य ममता गिरि लगायतले वाम गठबन्धनका साझा उम्मेदवारलाई मतदान गरी अत्यधिक बहुमतले जिताउन आग्रह गरे ।

नेपाली काँग्रेस जनविरोधी विकास विरोधी रहेको तथा काँग्रेसले झुटको राजनीती गर्दै आएको भन्दै २ दर्जनभन्दा बढी काँग्रेसका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरुमा गम्मर सिह दरै, गोबर्धन थापा, मनबहादुर दरै, इश्वर दरै, टेकबहादुर दरै, बसन्त दरै, गिरबहादुर दरै, रेशम थापा, गोरे श्रेष्ठ, माधव रानाभाट, पुर्णबहादुर दरै, भिमबहादुर रानाभाट लगायत २ दर्जन भन्दा बढी रहेका छन् ।


Like Us On Facebook
Follow Us On Twitter
भिडियो
सुझाव र प्रतिक्रिया

Please fill up the required field(*)

Join Our Newsletter

सुखी नेपाली, समृद्घ नेपाल स्वाभिमानी नेपाली, सार्वभौम नेपाल